सडकका कुकुर विदेशमा ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सडकका कुकुर विदेशमा !


१ कार्तिक २०७४, बुधबार


काठमाडौं । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरका पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ ।

सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरु सबैका लागि आँखाका कसिंगर सरह हुन्छन् ।

तर, यस्तै केही कुकुर भने स्वस्थ भएर जेट विमान चढी विदेश पुग्ने गरेका छन् । नेपाली सडकमा रहेका केही कुकुर क्यानडा, अमेरिका, जर्मनीलगायत देशमा पुगिसकेका छन् । बेवारिसे कुकुरलाई युरोप, अमेरिका पुर्याउने काममा विदेशी र नेपाली महिलाको संयुक्त टोली खटिएको छ ।

टोलीमा तीनजना छन् । ‘अहिलेसम्म करिब दुई दर्जन कुकुर विदेश पुर्याइसकिएको छ भने डेढ दर्जनलाई पठाउने तयारी छ,’ टोलीकी सदस्य ऋतु थापाले जानकारी दिइन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस