साताभित्रै मुख्य सचिव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साताभित्रै मुख्य सचिव


१ कार्तिक २०७४, बुधबार


काठमाडौं । आगामी साताभित्रै नयाँ मुख्य सचिवको नियुक्ति हुने भएको छ । साढे तीन महिनाको कार्यकाल सकेर मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हुँदैछन् । २९ असारमा मुख्य सचिव नियुक्त क्षेत्री सेवानिवृत्त हुनुअगावै सरकारले तिहारलगत्तै ३ वर्षका लागि नयाँ मुख्य सचिव नियुक्तिको गृहकार्य थालेको छ ।

३ जना वरिष्ठ मुख्य सचिवको दौडमा छन् । कार्यरत ५० जनाभन्दा धेरै सचिवमध्ये ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्य सचिव बन्ने दौडमा छन् ।

मुख्य सचिव सरकारको कर्मचारीतन्त्रको सबैभन्दा माथिल्लो पद हो । मुख्य सचिवको प्रमुख दावेदार मानिएका तीनैजना सचिव विभिन्न राजनीतिक नेतृत्वमार्फत आफूअनुकूल स्थिति सिर्जना गर्न दबाब दिइरहेको स्रोतले जानकारी दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस