आज कुकुर तिहार मनाइँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज कुकुर तिहार मनाइँदै


१ कार्तिक २०७४, बुधबार


काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज धुमधामसँग कुकुर तिहार मनाइँदैछ । आज कुकुरलाई पूजा गरी मिठा खानेकुरा दिइन्छ ।

कुकुर इमान्दार र बफादार जनावर हो । प्राकृतिक प्रकोपका बेला कुकुरले सुँघेर वा कराएर पूर्वसूचना दिने गरेको छ ।

कुकुरका गुणका कारण परापूर्वकालदेखि कात्तिक कृष्ण चतुर्दशीमा पुज्न थालिएको हो । आजको दिन कुकुरको पूजा नगरी खाना खाए पापी भइन्छ भन्ने जनविश्वास छ ।

कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा समेत उल्लेख छ । पुराणका अनुसार कुकुरले सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामासाथ दिने सौभाग्य पाएको थियो ।

आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार मासका पातको साग खाए सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।

आजको दिनलाई नरक चुतुर्दशी पनि भनिन्छ । आजका दिन पाप नास गर्न तथा नरकलाई खुसी पार्न नर्के नुहाउने प्रचलन छ । नुहाइसकेपछि दीप दान गर्ने तथा आलसको बोट बालेर आगो तापे स्वर्ग गइन्छ भन्ने विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस