२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ई–सेवाको संलग्नताबारे राष्ट्र बैंकले थाल्यो अनुसन्धान

अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिटक्वाइन कारोबारमा ई–सेवाको संलग्नताबारे अनुसन्धान थालेको छ । नेपालमा बिटक्वाइन बेच्ने बिटसेवाले आफ्नो अफिसियल गेटवेका रूपमा ई–सेवालाई राखेको थियो । तर, नयाँ पत्रिकामा लगातार समाचार आएपछि बिटसेवाको साइट बन्द भएको छ । लाखौँ नेपाली रुपैयाँ वा डलर तिरेर सर्वसाधारणले बिटसेवामा संकलन गरेको बिटक्वाइन अब के हुन्छ भन्ने पनि टुंगो छैन । यता, सिस्टम अपग्रेड गर्ने भन्दै ई–सेवाले पनि आफ्नो कारोबार शुक्रबारदेखि नै अवरुद्ध गरेको छ ।

संसारको कुनै पनि राज्यले उत्पादन नगरेको, कुनै पनि निकायमा सुरक्षण नभएको र भौतिक आकार र अस्तित्वसमेत नभएको यस्तो ‘भर्चुअल करेन्सी’ खरिदबिक्री गरेर रातारात धनी हुने ध्याउन्नमा लागेको गिरोहका सातजना पक्राउ परिसकेका छन् । अनलाइनमा घन्टाघन्टामा दर तलमाथि हुने यस्तो मुद्रा किन्दा रातारात करोडपति हुन सकिने भन्दै विभिन्न गिरोहले सर्वसाधारणलाई आकर्षित गर्दै आएका थिए ।

बिटक्वाइनको कारोबारलाई सरकार र राष्ट्र बैंकले अवैध मानेका छन् । अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको ई–सेवाबाट बिटक्वाइनको कारोबार भइरहेको तथ्य बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको हो । राष्ट्र बैंकले सूचना सार्वजनिक गरेर बिटक्वाइन कारोबार नगर्न तथा नगराउन भनेको छ ।

राष्ट्र बैंकले ई–सेवालगायत केही कम्पनीको बिटक्वाइन कारोबारमा संलग्नताबारे अनुसन्धान थालेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । ‘ई–सेवा राष्ट्र बैंकबाट अनुमतिप्राप्त कम्पनी हो र उसका गतिविधिको निरीक्षण तथा अनुगमन गर्नु राष्ट्र बैंकको काम हो,’ उनले भने, ‘भुक्तानी सेवाप्रदायक भएका कारण हामीले बिटक्वाइनका विषयमा ई–सेवालगायत कम्पनीबारे अनुसन्धान थालेका हौँ ।’

नेपाल राष्ट्र बैंकले नेपालमा बिटक्वाइनको कारोबार विषयमा थप अध्ययन गरिरहेको सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । पछिल्लो समयमा सञ्चारमाध्यममा आएका समाचार, बिटक्वाइन कारोबारमा विभिन्न व्यक्तिको संलग्नताको विषयबारे राष्ट्र बैंक जानकार रहेको उनको भनाइ छ । ‘अहिलेसम्म राष्ट्र बैंकले कुनै एक्सन लिएको छैन, बिटक्वाइनका विषयमा अझै अध्ययन भइरहेको छ,’ उनले भने, ‘नेपालमा बिटक्वाइन कारोबार गैरकानुनी भएकाले यसमा कोही संलग्न भएको पाइए कारबाही हुनेछ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments