उच्च अदालतका ९८ न्यायाधीशको सरुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उच्च अदालतका ९८ न्यायाधीशको सरुवा


३१ आश्विन २०७४, मंगलबार


काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ९८ न्यायाधीशको एकैपटक सरुवा गरेको छ । परिषद्को सोमबारको बैठकले नियमित सरुवाअन्तर्गत न्यायाधीशकै सरुवा गरेको हो । गत फागुनमा नियुक्ति भएका न्यायाधीशको पनि परिषद्ले सरुवा गरेको हो ।

विशेष अदालत काठमाडौँका सदस्य पनि परिषद्ले हेरफेर गरेको छ । यस्तै राजस्व न्यायाधीकरण र वैदेशिक रोजगार न्यायाधीकरणमा पनि नयाँ सदस्य तोकेको छ । न्याय परिषद् सचिव राजन भट्टराईले न्यायाधीश सरुवा भएको बताए । भट्टराईले नियमित प्रक्रियामा सरुवा भएको बताए ।

विशेष अदालतको सदस्यमा बाबुराम रेग्मी, द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ, र नारायणप्रसाद पोखरेल तोकिएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस