२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई अलैँची टिप्ने चटारो

अ+ अ-

ताप्लेजुङ । यहाँका किसानलाई यतिवेला अलैँची टिप्ने चटारो छ ।

जिल्लाको माथिल्लो भेगका कृषकको दैनिकी अचेल अलैँची बगानमै बितिरहेको छ । स्थानीय मजदुरलाई पनि भ्याईनभ्याई छ । ताप्लेजुङमा बेँसीदेखि लेकसम्म नै अलैँचीखेती हुने भएकाले सबैतिर एकै समयमा पाक्दैन । छिमेकी जिल्ला पाँचथर, तेह्रथुम, इलाममा पनि उस्तै छ ।

“अरुतिर तिहारको रमझम होला तर हामीलाई चाडपर्व राम्रोसँग मान्ने अहिले फुर्सद छैन”, बगानभित्र अलैँची टिपिरहेका सिरिजंघा–७ खेवाङका यमनाथ सिग्देलले भने ।

सिदिङ्वा गाउँपालिकाको सुरुम्खिममा अलैँचीखेती गरिरहेका राजकुमार भट्टराईलाई पनि अलैँची टिप्न भ्याईनभ्याई छ । यसपालीको तिहार अलैँची तिप्नमै वित्ने उनी बताउछन् ।

अर्का कृषक रामकुमार पुर्कुटी भन्छन्, “दिनभर अलैँची टिप्छौँ, रातमा छोडाउँछौँ । भट्टि पनि यहीँ लगाउँछौँ ।”

यहाँका सबै अलैँची कृषक बिहान उठ्नेबित्तिकै बगानतिर जान्छन् अनि साँझ परेपछि अलैँचीले भरिएको डोको, बोरा बोकेर खेतालासँगै घर या जंगलमै बनाइएको अस्थायी वासस्थानतर्फ फर्कन्छन् । तर अरुबेला सुनसान रहने बगानमा अहिले काम गर्नेको भीडभाड छ ।

कृषकलाई कामदारको समेत अभाव छ । एकातिर गाउँमा काम गर्ने युवाको कमी छ अर्कातिर चाडपर्वले गर्दा झनै कामदार पाउन मुस्किल छ । कामदारको अभाव वर्षेनी बढ्दै गएकाले ज्याला पनि बढ्दो छ । ज्यालामा एकरुपता छैन ।

वर्षेनी गाउँबाट युवा विदेशिएकाले पर्याप्त कामदार पाउन मुस्किल हुने गरेको बगानमा काम गरिरहेका कृषक जितबहादुर लिम्बू बताउछन् । पुरुष कामदारको अभाव हुँदै गएपछि महिलाले पनि अलैँची बगानमै बसेर काम गर्न थालेका छन् । पहिले महिलाले अलैँची फाँड्ने, टिप्नेजस्ता काम गर्दैनथिए । अहिले पुरुष कामदार पाउन छाडेपछि महिलालाई पनि ज्याला दिएर काममा लगाउने गरिएको छ ।

ओलाङ्चुङ्गोला बाहेक सबै क्षेत्रको चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिन्छ । गत वर्ष दुई हजार ४१० टन अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अलैँची पहाडी क्षेत्रको मुख्य नगदेबाली हो । तर पछिल्लो समयमा अलैँचीको बजार र मूल्यमा कमी आएपछि किसान चिन्तित छन् । मूल्य बढेसँगै धान, कोदो, मकै फल्ने खेतबारी मासेर अलैँचीखेती गर्न थालेका किसानले उचित मूल्य नपाएपछि चिन्तित बनेका हुन् । रासस

0 Comments