२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई राष्ट्रपतिको आग्रह

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।

दीपावली तथा छठ पर्वका अवसरमा आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन लाग्नुपर्ने बताएकी हुन् ।

राष्ट्रपतिसँगको भेटमा सहभागी नेपाली काँँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गरेको र पार्टीहरुबीचको एकता हुँदै गरेको सन्दर्भलाई उनले लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक पक्षका रुपमा लिएको बताए ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सबै शक्ति मिलेर निर्वाचन सम्पन्न गरी संक्रमणकाललाई टुंगोमा पु¥याउन राष्ट्रपतिबाट आग्रह गरिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित नौ दलका नेताहरु सम्मिलित थिए ।

यस्तै, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी थिए । रासस

0 Comments