नगदसहित आठजना जुवाडे पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नगदसहित आठजना जुवाडे पक्राउ


३० आश्विन २०७४, सोमबार


कैलाली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक लाख ६४ हजार नगदसहित आठ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए ।

उनले जुवा ऐनअनुसार उनीहरुलाई कारबाही गरिने बताए । जुवा खेलाउने घरमुली पन्तलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस