गाउँमा जान मान्दैनन् कर्मचारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाउँमा जान मान्दैनन् कर्मचारी


३० आश्विन २०७४, सोमबार


पोखरा । कास्कीको रुपा गाउँपालिकामा शिक्षाका कर्मचारीका लागि छुट्टै कोठा तयार छ तर कर्मचारी भने छैनन् । उक्त गाउँपालिकाका लागि भनेर सरकारले भोजराज न्यौपानेलाई शिक्षा अधिकृतका रुपमा खटाएको छ । उनी भने रुपा गाउँ पुगेर हाजिर भएका छैनन् ।

गाउँपालिका अध्यक्ष नवराज ओझा भन्छन्, ‘आउँछु भनेका छन् तर आएका छैनन् ।’ खटाइएका न्र्यौपाने जिल्ला शिक्षा कार्यालय कास्कीको कार्यालयमै छन् ।

अन्नपूर्ण गाउँपालिकाको हालत पनि उस्तै छ । उक्त गाउँका लागि भनेर खटाइएका इन्द्रबहादुर थापाले पनि गाउँपालिका अध्यक्ष युवराज कुँरलाई आफु छिट्टै आउने आश्वासन दिएका छन् । कुँवर भन्छन्, ‘मैले कुरा गरिरहेको छु, तिहारपछि कार्यालय खुल्नासाथ आउनुहुन्छ होला ।’ अन्नपूर्ण गाउँपालिकामा कास्की जिल्ला शिक्षा कार्यालयकै अधिकृत इन्द्रबहादुर थापालाई सरकारले खटाएको छ उनी अझै जिल्ला शिक्षामै छन् ।

मादी गाउँपालिकाको हालत झन बेग्लै छ । अध्यक्ष वेदबहादुर गरुङकै शब्दमा शिक्षाका कर्मचारीलाई भनेर रातो कार्पेट विच्छ्याइसकिएको छ तर को आउने हो भन्नेसम्म जानकारी छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस