किर्ते हस्ताक्षर गरेर ६ लाख हिनामिना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

किर्ते हस्ताक्षर गरेर ६ लाख हिनामिना


३० आश्विन २०७४, सोमबार


राजविराज । सचिवको नक्कली हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले साढे ६ लाख रुपैयाँ झिकेको सार्वजनिक भएको छ ।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ प्रसबनीस्थित कलिया खोलामा पुल निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोषध्यक्ष उम्दादेवी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको भन्दै अख्तियारमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।

समितिका सचिव देवनारायण यादवले अध्यक्ष र कोषध्यक्षले चेकमा आफ्नो किर्ते हस्ताक्ष गरी राष्ट्रिय वाणिज्य बैंकबाट रकम झिकेको आरोपसचिह अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस