करेन्ट लागेर दुईको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

करेन्ट लागेर दुईको मृत्यु


२९ आश्विन २०७४, आइतबार


पर्सा । बीरगंज महानगरपालिका–१५ लक्ष्मनवा चोक बस्ने ४८ बर्षीया जागु देवी र उनकी सासु ६० बर्षीय कान्ती देवीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । जागुदेवीले आफ्नै घरमा चापाकल चलाउने क्रममा करेन्ट सर्ट भई करेन्ट लागिरहेको अवस्थामा उनकी सासुले बचाउन खोज्दा कान्तीदेवी समेतलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकोका दुवैको नेशनल मेडिकल कलेज बीरगंज अस्पतालमा उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस