३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


२९ आश्विन २०७४, आइतबार


काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

मंसिर १० गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला

प्रदेश नम्बर १ अन्तर्गतका ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा र सोलुखुम्ब जिल्लामा निर्वाचन कार्यालय स्थापना भएका छन् ।

त्यस्तै प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम–पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम–पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडीमा निर्वाचन कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।

स्थापना भएका कार्यालयबाट निर्वाचनसम्बन्धी कार्य समेत प्रारम्भ भएको र दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा आगामी कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता ढकालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस