२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोयाका सामान विक्री हुने आशमा डोम जाति

अ+ अ-

बर्दिवास । तिहार र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिमा आफ्नो व्यावसाय फष्टाउने आशले खुशी छाएको छ ।

मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट त्यस्ता सामान बेच्ने पुख्र्यौली व्यवसाय अगाल्दै आएका डोम बासी खुशी भएका हुन् ।

गरीबीका कारण वर्षभर अभावमै बित्ने डोम समुदायमा स–साना नानीको रहर र मिठो खाने परिवारको चाहना तिहार र छठमा त्यस्ता सामान विक्री गरेर पूरा गरिने भएकाले एकाबिहानै चोयाको छिट्टी बुन्न तल्लीन स्थानीय भङ्गाहा नगरपालिका—५ को सीतापुर बजारसँगैको डोम बस्तीका अगुवा प्रगाश मरिकले भने–, ‘‘ती सबै रहर र चाहना हामीले तिहार र छठ पर्वमा पूरा गर्ने आश्वासन दिएका हुन्छौँं ।’’

चोयाका सामान बुनिरहेका रामगोपालपुरका अच्छेलाल मरिकको छेउमै खेल्दै आइपुगेका उनका सात वर्षीय छोरा प्रताप मरिकले भने– ‘‘बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब् , हमरा बहुते रङ्गके गुड्डी ला दिहा (बुबा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु , मलाई रंगीविरंगी चङ्गा ल्याई दिनुहोला) ।’’

सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन नहुँदा अवसरबाटपछि पारिएका डोमसहितका जाति समुदायको उत्थानको काम हुन नसकेको बर्दिवास–१ की सामाजिक कार्यकत्र्ता शारदा थापाको टिप्पणी छ । रासस

0 Comments