२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोग पनि दलजस्तै अस्थिर

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शनिबार शपथ गराएकी छिन् । त्यसअघि उनले आयोगका पदाधिकारीसँग मन्त्रिपरिषद् विस्तारबाट निर्वाचन आचारसंहिता उल्लंघन भए–नभएबारे सुझाब मागेकी थिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गम्भीर आपत्ति जनाएका थिए । ‘प्रधानमन्त्रीसहित प्रमुख दलहरूले आचारसंहिताको पूर्ण पालना गर्न हस्ताक्षर गरेकै दिन विस्तार गर्नु आपत्तिजनक छ,’ उनले शुक्रबार राति भनेका थिए । यसअघि स्थानीय तह निर्वाचनको मुखमा मन्त्रिपरिषद् विस्तार हुँदा आयोगले आचारसंहिता उल्लंघन भएको भन्दै सच्याउन पत्र नै लेखेर सरकारलाई निर्देशन दिएको थियो ।

तर, शनिबार राष्ट्रपतिसँगको छलफलमा भने प्रमुख आयुक्त यादवले मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन नभएको र शपथ गराउन ठीक हुने सुझाब दिए । दिउँसो १२ बजे अन्य आयुक्त र सचिवसहित उनी राष्ट्रपतिनिवास पुगेका थिए ।

‘तपाईंहरूले पहिले पनि मन्त्रिपरिषद् विस्तार हुँदा अचारसंहिता उल्लंघन भयो भन्नुभयो । अझ अघि बढेर निर्णय नै फिर्ता लिनसमेत सरकारलाई निर्देशन दिएर पत्र पठाउनुभएको थियो । तर, त्यो निर्देशन कार्यान्वयन भएन, मन्त्रिपरिषद् विस्तार भयो,’ आयोगका पदाधिकारीसँग राष्ट्रपतिले राखेको जिज्ञासा उद्धृत गर्दै उनका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले भने, ‘अहिले पनि आचारसंहिता उल्लंघन गरेरै मन्त्रीहरूको नियुक्ति भएको छ, यसले निर्वाचनलाई असर गर्छ कि गर्दैन ? मैले शपथ गराउँदा उपयुक्त हुन्छ कि हुँदैन ?’ जवाफमा यादवले मन्त्रिपरिषद् विस्तारले निर्वाचनको तयारीलाई असर नगर्ने र शपथ गराउँदा नै उपयुक्त हुने सुझाब दिएको प्याकुरेलले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments