बौद्धिक चोरीको आरोपमा नेपालका ५ चिकित्सक कालोसूचीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बौद्धिक चोरीको आरोपमा नेपालका ५ चिकित्सक कालोसूचीमा


२८ आश्विन २०७४, शनिबार


काठमाडौं । नेपालका पाँच चिकित्सकलाई इन्डोनेसियास्थित बाली मेडिकल जर्नलले कालोसूचीमा राखेको छ । कालोसूचीमा भारतीय चिकित्सक पनि छन् ।

जर्नलले बौद्धिक चोरीको आरोपमा उनीहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने नेपाली चिकित्सकमा काठमाडौं विश्वविद्यालय अन्तर्गतका मुकेशकुमार श्रीवास्तव, सी.थानापरी, आरके गोइत, एनके यादव र आरके मित्तल छन् । त्यस्तै भारतीय चिकित्सकमा भी. रोहिल छन् ।

उनीहरुले काठमाडौंस्थित ओम अस्पतालका डा. भोला रिजाल, डा. भरत झा, डा. आर श्रेष्ठको शोधपत्रको हुबहु नक्कल गरी बाली मेडिकल जर्नलमा प्रकाशित गराएका थिए । यो खबर प्रकाशमा आएसँगै उनीहरुलाई कालोसूचीमा राखिएको हो । जर्नलको वेभमा उनीहरुलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । साथै जनर््लको वेभबाट उक्त शोधलाई हटाइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस