२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरैबाट भाँडा लिएर होटल जान्छन् डोम

अ+ अ-

काठमाडौं । ‘घरमा आएका पाहुनालाई होटलमा चिया–नास्ता खुवाउन लैजाँदा घरबाटै गिलास लिएर जानुपर्दा पाहुनासामु लाजले शिर उठाउन सकिँदैन । यस्तो व्यवहारले अरू बेला पनि दुखित तुल्याउँछ’, डोम समुदायलाई दलित भनेर होटलमा गरिने विभेद सुनाउँदै पर्सा जगरनाथपुर–२ जानकी टोलका लक्ष्मी राउत डोमले भने, ‘चिया–नास्ता खान जाँदा घरबाटै गिलास लिएर जानुपर्छ । होटलभित्र पस्न दिँदैनन् । नास्ता पनि कागजमा पोको पारेर दिन्छन् ।’

पर्सा जगरनापुर गाउँपालिका–१ जानकी टोल दशौंतामा डोम समुदायको करिब १५ घरधुरी एकै ठाउँमा छ । डोम बस्तीको छेउमा बजारको मुख्य चोक छ । चोकमा चिया, नास्ता र मिठाईका आधा दर्जन ससाना होटल छन् । होटलमा चिया, नास्ता खान जाँदा साहु र कामदारले डोम जातिका मानिसलाई होटलभित्र पस्न दिँदैनन् ।

‘हामीप्रति गरिने यो विभेद त जसोतसो सहँदै आएका छौं । तर, जब हाम्रा घरमा पाहुना आउँछन् त्यसबेला भने मनमा असह्य पीडा हुन्छ’, डोम बस्तीका युवा राजेश राउत डोमले भने, ‘पाहुनाकै अगाडि होटलमा कागजमा पोको पारेर नास्ता दिँदा निकै लज्जित हुन्छौं ।’

‘हामी पनि त मान्छे नौ हौं, अरूजस्तै हाम्रा पनि हातखुट्टा, नाकमुख सद्धे नै छन्’, डोम बस्तीकी माया देवीले प्रश्न गर्दै भनिन्, ‘जब सबै चिज उस्तै छ भने हामीमाथि मात्रै यो छुवाछुत र विभेद किन रु हामीलाई डोम भनेर घृणा गरिन्छ ।’

डोम जातिमाथि गरिने विभेदबारे सोध्दा होटल सञ्चालकले सहजै स्विकारे । सञ्चालकमध्येका एक जनाले भने, ‘५–७ जना डोम जातिका ग्राहकका लागि अन्य जातिका ६०–७० जना ग्राहक गुमाउन चाहँदैनौँ ।’

‘डोमलाई होटलकै ग्लास र प्लेटमा चिया, नास्ता दिए अन्य जातिका मानिस पसलमै नआउने भन्छन्, होटलका साहुहरू,’ डोमबस्तीका लक्ष्मी राउत डोमले भने, ‘५–७ जना डोमका कारण आफ्नो होटल बन्द गर्नु छैन भनेर उनीहरूले हामीलाई गिलास र प्लेटमा नास्ता दिने गर्छन् ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments