संघमा १५ र प्रदेशमा सात मन्त्रालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संघमा १५ र प्रदेशमा सात मन्त्रालय


२८ आश्विन २०७४, शनिबार


काठमाडौं । सरकारले संघमा रहने १५ मन्त्रालय र प्रदेशमा रहने सात वटा मन्त्रालयसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासनिक समितिबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले तयार पारेको संघका १५ वटा मन्त्रालय र प्रदेशका ७ मन्त्रालय सम्बन्धमा प्रशासनिक समितिमा छलफल गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको सामान्य प्रशासनमन्त्री टेकबहाुर बस्नेतले जनकारी दिए ।सरकारले मन्त्रालयको संख्या ३१ बाट १५ मा झार्दा धेरै मन्त्रालय मर्ज गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस