गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


२८ आश्विन २०७४, शनिबार


चाका मात्रै भए मह हुँदै भएन
भ्यागुताको धार्नी अहँ हुँदै भएन ।

रुँदा रुँदा थाकेँ भन्छिन् वृद्ध आमाले
कहिल्यै पनि सुख्खा गह हुँदै भएन ।

छाडा भन्नु स्वतन्त्रता भन्ने बुझियो
बेथिति त भयो तह हुँदै भएन ।

विवेकको प्रदूषणले ढाक्यो धरती
डुबुल्किने यौटा दह हुँदै भएन ।

बराजुको ढिकुटीमा झाडु लाग्दैछ
सायद प्रेत लाग्यो सह हुँदै भएन ।

प्रतिक्रिया दिनुहोस