कमल थापा नेतृत्वको राप्रप्रा नेपाल सरकारमा सहभागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कमल थापा नेतृत्वको राप्रप्रा नेपाल सरकारमा सहभागी


२७ आश्विन २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा सहभागि गराउदै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै सरकारमा सहभागि भएका छन् । उनलाई जिम्मेवारी दिइने मन्त्रालय भने तोकिएको छैन ।

त्यस्तै राप्रपाका नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस