एनआरएन अस्ट्रेलिया जनसम्पर्क समितिको चियापान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एनआरएन अस्ट्रेलिया जनसम्पर्क समितिको चियापान


२७ आश्विन २०७४, शुक्रबार


काठमाडौं । एनआरएन अन्तर्गतको अस्ट्रेलिया जनसम्पर्क समितिले राजधानीमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

अष्ट्रेलिया तथा न्युजिल्याण्डबाट एनआरएन आइसीसीको बिश्व सम्मेलनको लागि सहभागी हुन आएका प्रतिनिधिहरुबीच एकता र सद्भावको वातावरण बनाउन समितिले चियापान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जित जंग बस्नेत प्रमुख अथिति रहेका थिए ।

कार्यक्रमा नेविसंघका अधक्ष नैंन सिंह महर, एनआरएन आइसीसीका अध्यक्ष शेष घले, नेपाली कांग्रेसका नेता नवराज गुरुङ, एनआरएन अध्यक्ष पदकी उम्मेदवार जमुना घले लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस