निजामती सेवामा ‘क्लस्टरिङ’ पद्धती हटाइँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निजामती सेवामा ‘क्लस्टरिङ’ पद्धती हटाइँदै


२७ आश्विन २०७४, शुक्रबार


काठमाडौं । निजामतीमा विशिष्टीकृत सेवा दिन सरकारले दुई वर्षअधि मात्र सचिव बढुवा र पदस्थापनमा लागू गरेको क्लस्टरिङ (समूह) पद्धति हटाउन चलखेल सुरु भएको छ ।

सामान्य प्रशासन मन्त्रालयले केही सचिव र वरिष्ठ अधिकारीको स्वार्थ पूर्ति गर्न सचिव बढुवा र पदस्थापनमा लागू हुँदै आएको क्लस्टरिङ (समूह) पद्धति हटाउने गृहकार्य अघि बढाएको हो । यद्यपि, सामान्यका अधिकांश कर्मचारी सो प्रसायसको विपक्षमा छन् ।

समूह पद्धति हटाए सचिव बढुवा र पदस्थापनमा फेरि टेन्डर प्रथा सुरु हुन सक्ने भन्दै सामान्यभित्रै यसको विरोध भएको हो ।

सामान्यका सचिव मोहनकृष्ण सापकोटाले सचिवजस्तो पदलाई सीमित पार्न नहुने र उसले जहाँसुकै पनि क्षमता प्रदर्शन गर्न पाउनुपर्ने भन्दै सहूह प्रणाली हटाउन लागिएको दाबी गरे । ‘सचिवलाई एउटै घेरामा राख्दा राम्रो आउटपुट दिन सक्दैन भनेर नै यो प्रणाली हटाउन लागिएको हो’, उनले भने, ‘यसमा अन्यथा सोच्नु गलत हो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस