२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार विद्यार्थीका लागि दुई शिक्षक : गाउँका विद्यार्थी सहर झरेपछि विद्यालय खाली

अ+ अ-

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलास्थित सिर्जना प्राथमिक विद्यालयमा चार विद्यार्थी मात्रै छन् । उनीहरूलाई दुई शिक्षकले पढाउँछन् । गाउँका विद्यार्थी सहरका बोर्डिङप्रति आकर्षित भएपछि विद्यालयमा विद्यार्थीको खडेरी परेको हो । ०४४ मा स्थापित यस विद्यालयमा शिशुदेखि ३ कक्षासम्म पठनपाठन हुन्छ ।

विद्यार्थी संख्या बढाउन हरेक वर्ष विद्यालयले घरदैलो अभियान चलाउँछ । तैपनि, सात वर्षदेखि विद्यार्थीको संख्या घट्दै गएको प्रधानाध्यापक नौजङ गुरुङले बताए । ‘हामी हरेक वर्ष घरदैलो अभियान चलाउँछौँ,’ प्रधानाध्यापक गुरुङले भने, ‘सहरका बोर्डिङ स्कुलमा पढाउने भन्दै अभिभावकले विद्यालयमा छोराछोरी भर्ना गर्न छाडेका छन् ।’

प्रधानाध्यापक गुरुङका अनुसार विद्यालयमा शिशुदेखि कक्षा ३ सम्म नयाँ शैक्षिक सत्रमा पाँच विद्यार्थी भर्ना भएका थिए । तर, दुई विद्यार्थी मात्र विद्यालय आउने गरेका छन् । दुवै २ कक्षामा अध्ययनरत छन् ।

शिशुमा एक र कक्षा १ मा भर्ना भएका दुई विद्यार्थी विद्यालय आउँदैनन् । विद्यालयमा अध्ययनरत चारमध्ये दुईजना विद्यार्थी अघिल्लो शैक्षिक सत्रमा भर्ना भएका हुन् । कक्षा तीनमा भने विद्यार्थीको संख्या शून्य रहेको प्रधानाध्यापक गुरुङले बताए ।

विद्यालयले प्रत्येक अभिभावकको घरघरमा पुगेर आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै आएको शिक्षक चन्द्रकान्त घिमिरेले बताए । ‘०७२ को भूकम्पले विद्यालयको पाँचकोठे भवनमा पूर्ण रूपमा क्षति पुर्याएको छ । एउटा कक्षाकोठा मर्मत गरेर सबै विद्यार्थीलाई त्यसमै पढाइने गरिएको छ,’ उनले भने, ‘विद्यालयको पुनर्निर्माणमा कसैले ध्यान दिएका छैनन् ।’ भौतिक संरचना नभएकाले विद्यार्थी विद्यालय नआएको उनको बुझाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments