मनिराज वाङ्मय पुरस्कार राष्ट्रकविलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मनिराज वाङ्मय पुरस्कार राष्ट्रकविलाई


२६ आश्विन २०७४, बिहिबार


धनगढी । महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेको ‘मनिराज वाङ्मय पुरस्कार‘ राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीका अध्यक्ष पदमराज जोशीले आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रकविलाई उनको जन्मशताब्दीको पूर्व सन्ध्यामा पुरस्कार प्रदान गर्ने निर्णयले गौरवको अनुभूति भएको बताए ।

प्रा. डा. रामचन्द्र भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसानुसार राष्ट्रकविलाई रु एक लाख पुरस्कार राशिको उक्त पुरस्कार दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । गत वर्ष प्रतिष्ठानको संयोजनमा महाकाव्यकार जोशीका छोरा गोविन्दराजबाट १० लाखको अक्षयकोष खडा भई हरेक वर्ष एक लाख धनराशिको उक्त पुरस्कार दिने निर्णय गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस