२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङे पनि उम्मेदवारमा सिफारिस

अ+ अ-

काठमाडौं । गुन्डा नाइकेका रूपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा उनी माथिल्लो मनाङको नेस्याङ र नारफु गाउँपालिका सम्मिलित क्षेत्रबाट प्रदेश सदस्यमा चुनाव लड्नेछन् । माथिल्लो मनाङस्थित मनाङ गाउँका स्थायी बासिन्दा उनी प्रायः काठमाडौं बस्छन् ।

स्थानीय तहको चुनावदेखि भने उनी बाक्लै रूपमा मनाङ आउजाउ गर्दै स्थानीयको घरदैलो गरिरहेका छन् । यसअघि राप्रपामा रहेका उनी स्थानीय तह चुनावमा राप्रपाकै प्रचारमा मनाङमा खटिएका थिए । राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका उनी उक्त पार्टीको जिल्ला कार्य समितिका सबै पदाधिकारीसहित साताअघि मात्रै एमालेमा प्रवेश गरेका हुन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अगावै प्रहरी परिसर काठमाडौंले उपत्यकाको शान्ति सुरक्षा बलियो बनाउने भन्दै केही गुन्डा नाइके पक्राउ गरेको थियो । त्यसमा मनाङे पनि थिए । चुनावको वातावरण बिथोल्न सक्ने भन्दै पक्राउ गरेपछि सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको थियो । स्थानीय तहको चुनाव सकिएको ५ महिना नबित्दै उनै उम्मेदवार सिफारिस भएका हुन् ।

प्रहरीले मनाङे र उनको समूहलाई काठमाडौंमा पटकपटक अनुसन्धानको दायरामा खिच्थ्यो । काठमाडौं प्रहरी परिसर प्रमुख भएका बेला रमेश खरेलले पनि मनाङेलाई अवैध असुली र गुन्डागर्दी आरोपमा पक्राउ गरेका थिए । गत पुसमा दलबलसहित राप्रपा प्रवेश गरेका मनाङे पछिल्ला दिनमा एमालेनिकट देखिएका थिए । राप्रपा प्रवेश गर्नुअघि भने उनी नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments