निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की


२६ आश्विन २०७४, बिहिबार


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो । महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाए र सोधे, ‘हेलो, को बोल्नुभयो ?’

उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । ‘तेरो अध्यक्ष’ भन्ने शब्दमात्रै सुने । फोन काटियो । बेलुका ७ बजे घर पुग्दा उनको मोबाइलमा नम्बर नदेखिएको दुईटा मिस कल थियो ।

‘बारम्बार फोन आइरहेको थियो, एक कलमात्र उठाउन सकें’, देउजाले भने, ‘लबज मंगोलियन भए पनि त्यत्ति प्रस्ट सुनिएन ।’

सोमबार दिउँसो बानेश्वर खरीबोटनजिकै घरबाट अनामनगरमा रहेको महासंघको कार्यालय हिँडेका गौचनको गोली हानेर हत्या भएपछि निर्माण व्यवसायीलाई तारन्तार फोन कल आइरहेको छ । बुधबारसम्म महासंघमा १० जना व्यवसायीले आफूलाई धम्की आएको जानकारी गराइसकेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस