अर्थतन्त्र खस्किँदै « प्रशासन
Logo १५ आश्विन २०८०, सोमबार
   

अर्थतन्त्र खस्किँदै


२६ आश्विन २०७४, बिहिबार


काठमाडौं । भूकम्प र नाकाबन्दीपछि गत वर्ष केही तंग्रिएको अर्थतनत्रका मुख्य सूचक फेरि धमिलिएका छन् । बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स आप्रवाहमा सुधार नहुनु, उच्च व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलन, बढ्दो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्वका कारण समग्र अर्थतन्त्र खस्किँदै गएको हो।

साउनदेखि सुरु आर्थिक वर्ष २०७४÷७५ को पहिलो दुई महिनामा राजस्व लक्ष्यअनुसार उठेको छैन। राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउन महिनामा देश भित्रिनेभन्दा बाहिरिने रकम बढी भएकाले मुलुकले अन्तर्राष्ट्रिय कारोबारमा करिब ३ अर्ब रुपैयाँको खुद घाटा बेहोरेको छ। निर्यात घट्दोक्रममा छ भने अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आप्रवाहमा पनि सुधार हुन सकेको छैन।

अर्थतन्त्रमा करिब ८ प्रतिशत हिस्सा राख्ने धानखेती पूर्वका ३३ जिल्लामा गएको बाढीपहिरोका कारण क्षति पुगेको छ। सरकारको जथाभावी भुक्तानीलेसमेत चालु खर्चमा ठूलो दबाब परेको छ। जथाभावी खर्च नियन्त्रणका लागि अर्थ मन्त्रालयको संरचनाले दबाब झेल्नै नसकेका कारण यस्तो समस्या सिर्जना भएको पूर्वअर्थ सचिव रामेश्वर खनालले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस