८० न्यायाधीश नियुक्ति प्रकरण ‘थाहै पाएनौं’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

८० न्यायाधीश नियुक्ति प्रकरण ‘थाहै पाएनौं’


२६ आश्विन २०७४, बिहिबार


काठमाडौं । उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्ति प्रक्रियामा वैधानिकताको प्रश्न उठिरहेका बेला न्यायपरिषद्कै दुई सदस्यले आफूलाई थाहा नदिई निर्णय लिएको भनाइ सर्वोच्च अदालतसमक्ष राखेका छन् ।

न्यायाधीश नियुक्ति निर्णय उल्ट्याउनुपर्ने माग राखेर दायर रिटको पक्षमा बल पुग्नेगरी उनीहरुबाट सर्वोच्चमा लिखित जवाफ पेश भएको हो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको न्यायपरिषदले बहुमतका आधारमा उच्च अदालतका ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि निर्णय प्रक्रियालाई लिएर संवैधानिक एवं कानुनी प्रश्न उठ्दै आएको छ ।

नेपाल वार एसोसिएसनबाट परिषद्मा नियुक्त सदस्य रामप्रसाद सिटौला र अर्का सदस्य सर्वोच्चका तत्कालीन वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्यायले परिषद् बैठकका विषयमा आफूलार्य जानकारी नदिई न्यायाधीश सिफारिस गरिएको दाबी गरेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस