पूर्वसहसचिव बराकोटीविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पूर्वसहसचिव बराकोटीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२५ आश्विन २०७४, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सहसचिव देवीप्रसाद बराकोटीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी विरुद्ध ३ करोड २० लाख, ७४ हजार १४९ रुपैयाँ ३२ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

उनले प्रश्नतपत्र छपाई लगायत छात्रवृति वितरण गर्दा घुस लिई अकूत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । उनीविरुद्ध परेको उजुरी छानबिन गर्दा बराकोटीले २ करोड २ लाख ९० हजार ६ सय २ रुपैयाँ ४८ पैसा गैरकानुनी रुपमा आर्जन गरी सो सम्पत्तिबाट थप १ करोड १७ लाख ८३ हजार ५४६ रुपैयाँ ८४ रुपैयाँ बढाएको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ ग, तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बराकोटीलार्इ जरिवाना र कैद सजाय माग गरेको छ । साथै भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको चल अचल सम्पत्तिहरू साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम पनि माग दाबी लिइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसका अतिरिक्त बराकोटीले गैरकानूनी रुपमा आर्जन गरेका सम्पत्तिहरू श्रीमती प्रमिला उप्रेतीको नाममा बदनियत साथ राखेको समेत पाइएको मुद्दामा दावी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस