कर्मचारीलाई मस्ती, सेवाग्राहीलाई सास्ती « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीलाई मस्ती, सेवाग्राहीलाई सास्ती


२५ आश्विन २०७४, बुधबार


बाँके । असुरक्षाको बहाना बनाएर तीन वर्षदेखि इलाका प्रशासन कार्यलय नरैनापुरमा कर्मचारी जान नमानेपछि उक्त कार्यालय नेपालगन्जमा सरेको छ । इलाका प्रशासन कार्यलयको काम नेपालगन्जबाटै हुन थालेपछि स्थानीयले सास्ती भोग्नु परेको छ ।

नरैनापुर गाउँपालिका– १, २, ३ र ४ का बासिन्दाको प्रशासनिक कामलाई सहज बनाउनका लागि सरकारले इलाका प्रशासन कार्यालयको स्थापा गरेको थियो । तर, इलाका प्रशासनमा कर्मचारी नहुँदा त्यस क्षेत्रका बासिन्दालाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन, राहादानी लिन, संघसंस्था दर्ता र मुद्दा मामिला मिलाउनका लागि डेढ सय किलोमिटर दूरी छिचोलेर नेपालगन्ज घाउनुपरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस