प्रशासनका लेखन्दास नै मानव तस्करीका नाइके « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रशासनका लेखन्दास नै मानव तस्करीका नाइके


२५ आश्विन २०७४, बुधबार


विराटनगर । जिल्ला प्रशासन कार्यलय मोरङका लेखन्दासको काम गर्ने व्यक्ति नै मानव तस्करी धन्दामा संलग्न रहेको पाइएको छ ।

लेखन्दासको काम गर्दै आएका सुनसरी इनरुवा ४ का ३५ वर्षीय नवीन क्षेत्री भनिने नवीन सुवेदीले कुबेतमा भारतको बाटो हुँदै नेपाली महिला लैजाने गरेको रहस्य खुलेको हो ।

कुबेत नेपाली महिला कामदारका लागि प्रतिबन्धित मुलुक हो । लेखन्दासको काम गर्ने बहानामा नागरिकता र राहदानी बनाउन सहयोग गर्दै कुबेतमा महिला कामदार पठाउने धन्दामा लामो समयदेखि सुवेदीको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको छ । उनी पाँच वर्षदेखि जिल्ला प्रशासन कार्यालयमा लेखन्दासको काम गर्दै आएका व्यक्ति हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस