तीन न्यायाधीश सर्वसम्मत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तीन न्यायाधीश सर्वसम्मत


२४ आश्विन २०७४, मंगलबार


काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको सोमबार बसेको बैठकले न्यायपरिषदबाट प्रस्तावित उच्च अदालतका न्यायाधीशत्रय बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई अनुमोदन गरेको हो ।

समितिका सचिव ध्रुवप्रसाद घिमिरेका अनुसार प्रस्तावित तीनै न्यायाधीशले समितिसमक्ष प्रस्तुत गरेको कार्ययोजनामाथिको छलफलपछि उनीहरूको नाम सर्वसम्मत अनुमोदन भएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस