मन्त्रालयलाई खबर नगरी खड्का निगममा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्त्रालयलाई खबर नगरी खड्का निगममा


२४ आश्विन २०७४, मंगलबार


काठमाडौं । अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमबारदेखि काममा फर्किएका छन् ।

खड्कालाई सफाइको मौका नदिई सरकारले बर्खास्त गर्नु प्रथम दृष्टिमै कानुनविपरीत देखिएको भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि खड्का सोमबार मध्याह्न निगममा हाजिर भएका हुन् । निगममा हाजिर भएर काम, सुरु गरेको खड्काले बताए । ‘सरकारले हटायो मानें’, खडकाले भने, ‘अदालतको आदेशपछि हाजिर भएँ ।’

खड्कालाई आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नियुक्त गरी मन्त्रिपरिषद्ले नै बर्खास्त गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस