जिल्लाका शव राजधानीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्लाका शव राजधानीमा


२४ आश्विन २०७४, मंगलबार


काठमाडौं । गैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण (पोस्टमार्टम) प्रति विश्वस्त हुन नसक्दा उपत्यकाबाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता लगाउन शव राजधानी ल्याउन बाध्य भएका छन् । शव परीक्षण गर्न एमबीबीएसपछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा विशेषज्ञता हासिल गर्नुपर्ने प्रावधान छ । तर, उपत्यकाबाहिर भरतपुर, पोखरा र धरानमा मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकाले अन्य ठाउँका शव परीक्षण गर्न राजधानी नै ल्याउनुपर्ने प्रावधान छ । तर उपत्यकाबाहिर भरतपुर, पोखरा र धरानमा मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकाले अन्य ठाउँका शव परीक्षण गर्न राजधानी नै ल्याउनुपर्ने बाध्यता छ ।

शंकाष्पद मृत्यु भएकाको शव परीक्षणको चाप महाराजगन्ज मेडिकल कलेजमा परेको छ । बाहिरबाट शव धेरै आउन थालेपछि कलेजको फरेन्सिक मेडिसिन विभागलाई त्यसको व्यवस्थापनमा कठिनाइ परेको छ । बाहिरबाट शब धेरै आउन थालेपछि कलेजको फरेन्सिक मेडिसिन विभागलाई त्यसको व्यवस्थापनमा कठिनाइ परेको छ ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस