नवराज सिलवालको राजीनामा स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवराज सिलवालको राजीनामा स्वीकृत


२३ आश्विन २०७४, सोमबार


काठमाडौं । डीआईजी नवराज सिलवालले दिएको राजीनामा स्वीकृत भएको छ ।

गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले असोज १९ गते शुक्रबारकै मिति राखेर सिलवालको राजीनामा स्वीकृत गरेका छन् । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव नरेन्द्र रानाले पनि सिलवालको राजीनामा स्वीकृत भएको पुष्टि गरे ।

वरीयतामा तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि अदालत गएका सिलवाल आफ्नो पक्षमा फैसला नआएपछि राजीनामा दिएका थिए ।

सिलवाल तीन दिनअघि नै एमाले प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस