वाम गठबन्धनमा पनि सिट बाँडफाँड मुस्किल « प्रशासन
Logo १७ असार २०७९, शुक्रबार
   

वाम गठबन्धनमा पनि सिट बाँडफाँड मुस्किल


२३ आश्विन २०७४, सोमबार


काठमाडौं । चुनावी तालमेलको सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ । कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारूप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन । दुवै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरेका थिए ।

कार्यदल संयोजक एमाले महासचिव ईश्वर पोखरेलले मिलाउने प्रयास जारी रहेको बताए । कार्यदलस्तरको बैठकलाई निष्कर्षमा पुर्‍याउन पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक सार्न आइतबार माओवादीले प्रस्ताव गरेको थियो । सोमबार बस्ने बैठकले बाँडफाँडको खाका ल्याउन सक्ने पोखरेलले जनाए । विशेषगरी दुई विषयलाई आधार मानेर बाँडफाँड गर्ने समझदारी दुई दलबीच छ । प्रारम्भिक गृहकार्यअनुसार जित सुनिश्चित हुने उम्मेदवार र क्षेत्र छान्ने तथा २०७० को संविधानसभा र २०७४ को स्थानीय तह चुनावको मत परिणाम विश्लेषण गरेर क्षेत्र छुट्याइने छ । दुवै दलले विशेषज्ञसँग समेत छलफल गरी चुनावी मतपरिणामको विश्लेषण गराइसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस