११ न्यायाधीशविरुद्धको रिटले सर्वोच्चको इजलास प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

११ न्यायाधीशविरुद्धको रिटले सर्वोच्चको इजलास प्रभावित


२३ आश्विन २०७४, सोमबार


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतका ११ जना स्थायी न्यायाधीशको नियुक्तिको विवाद बल्झिएपछि इलजास प्रभावित भएको छ । १५ महिनाअघि नियुक्त न्यायाधीशहरुको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै शुक्रबार फेरि रिट परेका छ ।

नियुक्तिमाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च प्रशासनले खारेज गरेपछि त्यसविरुद्ध अर्को रिट परेको छ । आफूहरुको नियुक्तिविरुद्धको रिट ब्युँतने अवस्था आएपछि आइतबार सर्वोच्चका न्यायाधीशहरुले दुई घन्टा ढिला इजलास सुरु गरेका थिए ।

न्यायाधीश नियुक्तिको प्रक्रियामाथि प्रश्न उठाउँदै परेको रिट २ असोजमा दरपीठ भएको थियो । तर, दरपीठविरुद्ध अधिवक्ताद्वय गणेशप्रसाद पाण्डे र श्रवणकुमार श्रेष्ठले दिएको निवेदन शुक्रबार सर्वोच्चमा दर्ता भएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पालामा ११ स्थायी न्यायाधीशको नियुक्ति भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस