‘कर्मचारीको विवरण अद्यावधिक गर्नू’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘कर्मचारीको विवरण अद्यावधिक गर्नू’


२३ आश्विन २०७४, सोमबार


काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले देशभरका कार्यरत ८६ हजार कर्मचारीको पीआईएस सहितको सप्पूर्ण विवरण निजामती किताबखानामा अद्यावधिक गर्न पत्र पठाएको छ । कर्मचारी समायोजन विधेयक पारित भएलगत्तै कर्मचारी समायोजन प्रक्रिया थाल्दै सामान्यले सप्पूर्ण कर्मचारीको विवरण अद्यावधिक गर्न पत्राचार गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले कर्मचारीको विवरण अद्यावधिक गर्न मन्त्रलयले थालेको भए पनि कतिपय कर्मचारीले निजामती किताबखानामा आफ्नो व्यक्तिगत विवरण (सिटरोल) नै दर्ता नगरेकाले कर्मचारीलाई विवरण आद्यावधिक गर्न लगाउने निर्णय गर्दै विभिन्न मन्त्रालय, केन्द्रीय निकाय र कार्यालयमार्फत मातहतका कर्मचारीको विवरण अद्यावधिक गराउन पत्राचार गरेको हो ।

सामान्यले कर्मचारीलाई व्यक्तिगत विवरणसहितको सिटरोल अद्यावधिक गर्न असोज मसान्तसम्म समय दिएको छ । त्यसभित्र निजामती किताबखानामा सिटरोल दर्ता नगराउने र पीआईएस अद्यावधिक नगराउने कर्मचारीको तलब रोक्ने निर्णय गरिएको प्रवक्ता न्यौपानेले बताए । सामान्यका अनुसार हाल देशभर ८६ हजार कर्मचारी रहे पनि ती कर्मचारी कुन–कुन सेवा समूहमा छन् सबैको स्पष्ट विवरण मन्त्रालयसँग छैन । कर्मचारी समायोजन विधेयकमा पनि ऐन प्रारम्भ भएको मितिले ३० दिनभित्र सम्बन्धित सेवा सञ्चालन गर्ने मन्त्रालय वा निकायबाट कर्मचारीको अद्यावधिक विवरण प्राप्त गर्नुपर्ने उल्लेख छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस