आयल निगम प्रमुख गोपाल खड्कालाई काममा फर्किन सर्वोच्चको आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आयल निगम प्रमुख गोपाल खड्कालाई काममा फर्किन सर्वोच्चको आदेश


२२ आश्विन २०७४, आइतबार


काठमाडौं । सर्वोच्च अदालतले गोपाल खड्कालाई काममा फर्किन आदेश दिएको छ ।

पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको हो ।

आयल निगमको जग्गा खरिद लगायतका अनियमिततामा मुछिएपछि निगमका कार्यकारी निर्देशक खड्कालाई २ असोजको मन्त्रिपरिषद् बैठकले हटाएको थियो । आयल निगमले पेट्रोलियन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको ठहर गर्दै संसदीय समितिहरुले कारबाहीका लागि निर्देशन दिएको थियो ।

खड्काको मुद्दामा वरिष्ठ अधिवक्ता सूर्य ढंगेल, रामकृष्ण निराला, बाबुराम गिरी, नरेन्द्र गौतमले बहस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस