भाषण गरेर गिनिज बुकमा नाम लेखाउने केसीको प्रयास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भाषण गरेर गिनिज बुकमा नाम लेखाउने केसीको प्रयास


२२ आश्विन २०७४, आइतबार


काठमाडौं । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन् ।

यहाँस्थित टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गरेका उनकी श्रीमती पारु केसीले जानकारी दिइन् ।

लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उनको सोच छ ।

यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका छन् । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएका बताइएको छ ।

शनिबार दिउँसो ३ बजेसम्म केसीले ५७ घण्टा अनवरत भाषण गरीसकेका विश्वदर्शन अभियानका अध्यक्ष नारायण प्रसाद भटृराईले जानकारी दिए ।

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौं विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको छ ।

भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिनेछन् भने एक घण्टामा पाँच मिनेट विश्राम पाउनेछन् । उनले दिनरात उभिएर भाषण गर्नेछन् भने समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस