नवराज सिलवाल एमालेमा प्रवेश गर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवराज सिलवाल एमालेमा प्रवेश गर्दै


१९ आश्विन २०७४, बिहिबार


काठमाडौं । आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल एमालेमा प्रवेश गर्ने भएका छन् ।

सिलवाल शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट एमाले प्रवेश गर्न लागेका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर सिलवाललाई पार्टी प्रवेश गराउन लागेका हुन् ।

सिलवाल एमाले ललितपुर जिल्ला कमिटीले आयोजना गरेको बडादशैं, दीपावली, नेपाल संवत, छठ तथा ल्होसार पर्वका अवसरमा आयोजित सुभकामना आदानप्रदान कार्यक्रममा पनि सहभागी भएका थिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर दशैंको टिका ग्रहण गरेका थिए।

आईजीपी बनाउन माग राख्दै हालेको मुद्दा सर्वोच्च अदालतबाट हारेपछि सिलवालले डीआईजीबाट राजीनामा दिएका थिए । सरकारले जयवहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि असन्तुष्ट सिलवाल आफू पहिलो बरियतामा रहेकाले आइजिपी नियुक्त हुनुपर्ने भन्दै सर्वोच्च अदालत गएका थिए। केही दिनअघिमात्र अदालतले गर्दैै सिलवालको रिट खारेज गरेको थियो ।

अदालतबाट न्याय नपाएपछि जनतामा जाने बताएका सिलवालले सोही दिन पदबाट राजिनामा दिएका थिए । सिलवालमाथि प्रहरी प्रमुख नबनाएपछि एमाले अध्यक्ष ओलीले अन्याय भएको भन्दै बचाउ गरेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस