पुनर्निर्माण प्राधिकरण सीइयो गोबिन्दराज पोखरेललाई प्यूठान छाड्न आदेश « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पुनर्निर्माण प्राधिकरण सीइयो गोबिन्दराज पोखरेललाई प्यूठान छाड्न आदेश


१९ आश्विन २०७४, बिहिबार


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छाड्न निर्देशन दिएको छ ।

कांग्रेस कार्यकर्तासँग भेटघाट गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सहित पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आदेश पनि दिएको छ ।

आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले हस्ताक्षर गरी प्रजिअलाई बिहीबार लेखेको पत्रमा भनिएको छ, ‘पोखरेलले १० असोजदेखि प्यूठान जिल्लाका विभिन्न स्थानमा कांग्रेसका कार्यकर्तासँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा निजलाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ ।’

प्राधिकरणका प्रमुख पोखरेलले असोज १० देखि १८ गतेसम्म प्यूठानका विभिन्न स्थानमा कांग्रेस कार्यकर्तासँग भेटघाट गरेका थिए । कांग्रेस जिल्ला कमिटीले उनको नाम आगामी चुनावका लागि उम्मेदवारमा पनि सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस