डा. गोबिन्दराज पोखरेललाई २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा. गोबिन्दराज पोखरेललाई २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगको आदेश


१९ आश्विन २०७४, बिहिबार


काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेललाई २४ घण्टे स्पष्टिकरण सोधिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले विभिन्न स्थानमा नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट गरेर पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिएकोले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

आयोगको आजको बैठकले गरेको निर्णयमा भनिएको छ,‘‘राष्ट्रिय पुनः निर्माण प्राधिकरणको कार्यकारी अधिकृतले मिति २०७४।०६।१० देखि २०७४।६।१८ सम्म प्युठान जिल्लाका विभिन्न स्थानमा नेपाली काङ्ग्रेसका कार्यकर्तासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुदाँ यहाँ जस्तो सार्वजनिक पदधारण गरेको व्यक्तिले कुनै दल विशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको देखिँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ?

पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेश गर्नु निर्णयमा भनिएको छ ।

सीईओ पोखरेलले चुनावी प्रचारमा प्राधिकरणको स्रोत साधन दुरुपयोग गरेको भन्दै प्यूठानस्थित एमाले, माओवादी केन्द्र, माले र नयाँशक्ति पार्टीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पोखरेलले पदको दुरुपयोग गरी आफ्नो चुनावी प्रचारमा सरकारी साधन स्रोतको परिचालन गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस