पर्यटनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्यटनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टे स्पष्टीकरण


१९ आश्विन २०७४, बिहिबार


काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर मन्त्री देवलाई आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले बताए।

आयोगको निर्णयमा भनिएको छ,‘‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई मिति २०७४।०६।०९ गते आयोगको सहमति बिना नै स्वेच्छाचारी र बदनीयत ढंगले त्यस मन्त्रालयमा गठन भएको कार्यदलमा कामकाज गर्न जिम्मेवारी तोक्ने निर्णय गरी निज संजीव गौतमलाई पत्र दिइएको देखिएको, महानिर्देशकलाई हाजिर हुन पत्र पठाएपछि सोही मितिमा आयोगमा सहमतिका लागि पत्र लेखेको देखिई निर्वाचन आचारसंहिताको अवहेलना हुने गरी गरेको कार्य निर्वाचन आचार संहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हँुदा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कारबाही हुनु पर्ने हो, होइन ?

निर्णयमा भनिएको छ–पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन नागरिक उड्डयनमन्त्रीलाई स्पष्टीकरण सोध्ने ।’

Tags :
प्रतिक्रिया दिनुहोस