२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैमा समेत आराम पाएनन् महोत्तरीका बालमजदुरहरुले

अ+ अ-

महोत्तरी । “राम्रो लाउँ मीठो खाउ, घुमफिर गरौँ अनि आमाको काखमा बसौँ, इच्छा त सबैको हुन्छ नि हजुर तर के गर्नु काम नगरेर साध्यै छैन ।” यो महोत्तरीको गौशालास्थित एक होटलमा कार्यरत बालकको मार्मिक भनाइ छ ।

बजारमा दशमीको अवसरमा माता दुर्गा भवानीको भव्य मेला लागेको छ । होटलमा ग्राहकहरु रमाउँदै खाजा खानका लागि आउँछन् र खाएर जान्छन् पनि, तर बाटोको छेउमा जुठो थाल धुदै गर्दाको अवस्थामा फेला परेका ती बालकले आफ्नो वेदना यसरी पोखें ।

काममा व्यस्त रहेका ती ११ वर्षीय बालकले साहुजीको नजरबाट छलेर आफ्नो नाम नखोल्ने शर्तमा भने “बुबा गत वर्ष बित्नुभयो, घरमा आमा, एक भाइ र एक बहिनी छ, नातागोताले केही सहयोग गरेका छैनन्, अनि भोकै कति दिनसम्म बाँच्ने रु खानैका लागि भएपनि होटलमा काम गर्न आएको छु ।”

वर्ष दिनमा एकपटक आउने हिन्दूको महान् पर्व दशैँ सबैले हर्षोउल्लासपूर्वकरुपमा मनाइरहेको समयमा गौशाला नगरपालिका–५ स्थित बजारका अर्को होटलमा काम गर्ने १० वर्षीय बालक रितिक साहले बिहानदेखि बेलुकासम्म होटलमा खटिरहेका छन् । हँसिलो, गोरिलो र काममा फूर्तिलो स्वभावका रितिकले यसपालिको दशैँमा घर गएर रमाइलो गर्ने निधो गरे तर पनि होटलमा कामको चापले घर जान पाएनन् । आमासँग सुखदुःखको कुरा गर्ने सोच बनाएका रितिकको सपना गरिबी र विपन्नताका कारण पूरा हुन पाएन ।

मन्दिरकै छेउमा ठेलामा नास्ता पसलमा फोहर गञ्जी र कट्टुमा ग्राहकको प्रतीक्षामा देखापरेका ११ वर्षीय अर्का बालक रवीन्द्र सदा (परिवर्तित नाम) अरुले मेलामा पूजा गरेको, रमाइलो गरेको र नयाँ कपडा लगाएर घुमेको दृश्यलाई हेरेर मन थामेर बसिरहे । साहुको निर्देशन र डरका कारण दिनभरि नै साथीसँग जिस्किँदै काममा खटिरहेका थिए ।

त्यस्तै एक रेडिमेड पसलमा काम गर्ने १३ वर्षीय बालक सतिश सिंह नियमितरुपमा पर्व नमानेर काममा व्यस्त रहेका थिए । पसलमा आउने ग्राहकको मनपर्ने कपडा देखाउने, कपडा पट्याएर राख्नेजस्ता काम गरिरहेका थिए । उनलाई खासै भन्नुपर्दा दशैँ लागेको थिएन । उनी भन्छन्– “पर्व तिहार भनेको गोजीमा पैसा हुनेलाई मात्र रहेछ, हामीजस्ता गरिब परिवारका बालकलाई दिनरात एकैसरह रहेका छन् ।”

रितिक, रवीन्द्र र सतिश एक उदाहरण पात्र मात्र हुन् महोत्तरी जिल्लाका लागि । यहाँका कयौं बालबालिका दिनहुँ इँटभट्टा, होटल, घरेलु कामदार ९नोकर० जस्ता कार्यमा केही पैसाका लागि काम गरिरहेका दृश्य जहाँतहीँ हेर्न पाइन्छ ।

कलिलो उमेरमै जोखिमपूर्ण काम गराइले बालबालिकामा शारीरिक, मानसिक, समाजिक तथा मनौवैज्ञानिकरुपमा नकारात्मक असर परेर उनीहरुको जीवन धरापमा परिरहेको छ । तर, राज्य र सरोकार भएका निकायले भने मुखदर्शक बनेका छन् । पढ्ने उमेरमा उनीहरु दिनभरि नै इँटभट्टामा जोखिमपूर्ण श्रम गर्न बाध्य छन् ।

जिल्लाका प्रमुख व्यापारिक केन्द्र बर्दिवास, औरही, गौशाला, रामगोपालपुर, सम्सी, सदरमुकाम जलेश्वर, मटिहानी, पिपरा लगायतका दजनौँ हाटबजारमा बालबालिका कडा परिश्रम र श्रम गरेर कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । जिल्लामा बालश्रमिक बढ्दै गएको भन्ने विषयमा कुरा उठेपछि महिला तथा बालबालिका कार्यालयअन्तर्गतको बाल संरक्षण शाखाले अनुगमन थालेको छ । तर, अनुगमन प्रभावकारी भएको छैन । अनुगमन कागजमै सीमित रहेको स्थानीयको गुनासो छ ।

“जिल्लामा सयौँको संख्यामा बालश्रमिक भए पनि कडा कानूनको अभावले गर्दा साहुले बालबालिकालाई काममा लगाइरहेका छन् । अनुगमन गर्ने पद्धतिमा सुधार नगरिए बालश्रमिको वास्तविक तथ्यांक भेटाउन अप्ठ्यारो छ”– बाल संरक्षण निरीक्षक रमेशकुमार राईले भने, “जिल्लामा बालश्रमिकको तथ्यांक छैन । सदरमुकाम तथा ग्रामीण भेगमा समेत विभिन्न होटल, मोटरसाइकल ग्यारेज, पसल तथा घरायसी काममा समेत बालश्रमिक राखिने गरिएको मानवअधिकार रक्षक सञ्जाल महोत्तरीले बालश्रमिकबारे गरेको अनुगमनमा भेटिएको छ ।”

“होटलमा काम गर्ने बाल श्रमिकले ग्राहकलाई चिया, नास्ता दिने र जुठोभाँडा सफा गर्नेदेखि लिएर पसलको सरसफाइ र ग्राहकका लागि तयार पारिने नास्ता, खाना र चियासमेत बनाउन साहुले उनीहरुलाई लगाउँछन्”– मानवअधिकार सञ्जाल महोत्तरीका प्रतिनिधि अजय साहले बताए।

“चौध वर्ष उमेर पूरा नगरेका बालबालिकालाई श्रममा लगाउन कानूनले बन्देज लगाएको छ । त्यस्तो पाइएमा तीन महिना कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ”– जलेश्वरका कानून व्यवसायी विक यादवले भने, “त्यस्तै १४ वर्षदेखि १६ वर्षका बालबालिकालाई जोखिमपूर्ण काममा लगाएमा एक वर्षसम्म कैद वा रु ५० हजार जरिवानासम्मको व्यवस्था छ ।”

यता सरोकारवाला निकायले भने बालअधिकारको सुरक्षाका विषयमा मौन देखिएका छन् । बालअधिकार संरक्षण गर्नुपर्छ भन्दै बालअधिकार दिवसमा चर्को नारा घन्काउने सरकारी निकाय भने काम नगरे खान नपुग्ने बालबालिकाका हकमा प्रभावकारी कदम चाल्न सकेको छैन् ।

0 Comments