बल्खुको सुकुम्बासी बस्तीमा आगलागी, ६० घर नष्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बल्खुको सुकुम्बासी बस्तीमा आगलागी, ६० घर नष्ट


प्रशासन विशेष ब्युरो

१५ आश्विन २०७४, आइतबार


काठमाडौँ । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ६० घर नष्ट भएका छन् ।

मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताए । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस