आज महानवमी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज महानवमी


१३ आश्विन २०७४, शुक्रबार


काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीको मुख्य पर्व दसैंको नवौ दिन आज महानवमी पर्व हर्षाैल्लासका साथ मनाइँदैछ । महानवमीमा आज बिहानैदेखि मुलुकभरका विभिन्न शक्तिपीठमा श्रद्धालुको घुइँचो लागेको छ ।

यस दिन विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । विभिन्न शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गाभवानीको पूजाआराधना तथा दुर्गा सप्तसति पाठ गर्ने र जमरा चढाउने प्रचलन छ । नवमीमा विश्वकर्माको पूजा पनि गरिन्छ ।

यस दिन दुईदेखि १० वर्षसम्मका कन्याको पनि पूजाआजा गरिन्छ । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणका लागि खुला रहन्छ ।

महानवमीमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस