नवरात्रको आठौं दिन: आज महाअष्टमी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नवरात्रको आठौं दिन: आज महाअष्टमी


१२ आश्विन २०७४, बिहिबार


काठमाडौं । हिन्दू धर्मावलम्बीको मुख्य पर्व दसैंको आठौ दिन आज धुमधामसँग महाअष्टमी मनाइँदैछ । आज बिहानैदेखि मुलुकभरका शक्तिपीठ र देवीका मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ ।

देवीभागवतमा उल्लेख अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्न आश्विन शुक्ल अष्टमीमा ज्यादै शक्तिशाली भद्रकाली उत्पन्न भएकी थिइन् । त्यसकारण यस दिन महाकाली (भद्रकाली)को विशेष पूजाआजा गरिने मान्यता छ । त्यस दिन भद्रकालीको १६ सामग्रीले पूजा गर्ने प्रचलन छ ।

महाअष्टमीमा शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीलगायत पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ । पूजापछि देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बली दिइन्छ । यस दिन कुलदेवतालाई समेत बली दिने प्रचलन छ । पशु बली नगर्नेले नरिवल, कुभिण्डो, केरा, घिरौंलालगायत अर्पण गर्छन् ।

यसै दिन दसैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४/५४ राँगा र बोकाको बली दिइन्छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस