दशैँको सातौँ दिन कालरात्रि देवीको उपासना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दशैँको सातौँ दिन कालरात्रि देवीको उपासना


११ आश्विन २०७४, बुधबार


काठमाडौँ । वडा दशैँको सातौँ दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी सातौँ कालरात्रि देवीको पूजा आराधना गरी मनाइएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दशैँको सातौँ दिन कालरात्रि देवीको पूजा गरिने र महाअष्टमीका दिन राति गरिने कालरात्रि पूजामा भने महाकाली, महालक्ष्मी र महासरस्वतीलगायत नवदुर्गाकै विशेष पूजा गर्ने विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

नौ दिनसम्म नौवटी देवीको पूजा आराधना गरिएको घडाले विजयादशमीका दिन अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा लगाइन्छ । नवदुर्गाको प्रसादका रप्मा टीका र जमरा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने गरिन्छ ।

दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा, आराधना गरेमा वर्षभरका लागि आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । आश्विन शुक्ल पक्षलाई शक्ति आराधनाको विशेष पर्वका रुपमा मनाउने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस