थाइ पूर्व प्रम शिनावातलाई पाँच वर्ष जेल सजाय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

थाइ पूर्व प्रम शिनावातलाई पाँच वर्ष जेल सजाय


११ आश्विन २०७४, बुधबार


थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावातलाई त्यहाँको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ।

चामल अनुदानसम्बन्धी एउटा परियोजनामा शिनावातले लापरवाही गरेको ठहर गर्दै अदालतले उनलाई सजाय सुनाएको हो ।

ग्रामीण क्षेत्रका बासिन्दा र गरीब मतदाताबीच लोकप्रिय रहेकी शिनावातको अनुपस्थितिमा अदालतको उक्त फैसला आएको हो।

उक्त परियोजनामा थाइल्याण्डले कम्तीमा ८ अर्ब डलर बराबरको खर्च बेहोर्नु परेको बताइएको छ।

उनलाई सन् २०१४ मा सैनिक विद्रोहमार्फत् सत्ताबाट हटाइएको थियो । त्यसलगत्तै उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको थियो । आफूविरुद्ध लगाइएका सबै आरोप सिनावात्राले अस्वीकार गर्दै आएकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस