दृढ निश्चयता र सकारात्मकताः सफलताको उत्प्रेरक संवाहक « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

दृढ निश्चयता र सकारात्मकताः सफलताको उत्प्रेरक संवाहक


११ आश्विन २०७४, बुधबार


दृढ निश्चयता यस्तो एउटा यस्तो भावनात्मक पक्ष हो जसमा आफ्ना सारा प्रयासहरु उद्देश्य प्राप्तिको लागि केन्द्रित गरिन्छ । उद्देश्य प्राप्तिको क्रममा गरिने प्रयासका क्रममा आउने बाधा, विरोध र अवरोधलाई सामना गर्न सक्ने शक्ति दृढ निश्चयी व्यक्तिमा विकास भएको हुन्छ । दृढ निश्चयता उद्देश्य प्राप्ति पूर्व व्यक्ति भित्र स्वःस्फूर्त रुपमा विकसित हुने उत्प्रेरणाको त्यो भावनात्मक पक्ष हो जसले एकातर्फ आफ्नो उद्देश्य प्राप्तिको लागि स्वःस्फूर्त रुपमा विकसित उत्प्रेरणाको भावनात्मक पक्षलाई कार्यरुपमा रुपान्तरण गर्न सहयोग पु¥याउने मात्र होइन की यसले कुनै कारणले विपरीत वा नकारात्मक परिणाम प्राप्त भएपनि सहजरुपमा स्वीकार्ने र उद्देश्य प्राप्तिको प्रयासलाई निरन्तरता दिन थप उत्प्रेरणा प्रदान गर्दछ ।

प्रत्येक व्यक्ति विशेषमा एउटा निश्चित उद्देश्य, लक्ष्य या सपना रहेको हुन्छ दृढ निश्चयता सहितको समर्पण भाव र आत्म अनुशासनले परिणाम सकारात्मक बनाउन सहयोग गर्दछ । दृढ संकल्पद्वारा कमजोरीरुपी अवरोधहरुलाई समाप्त गर्ने समर्थ स्वरुप बन्नु हाम्रो दायित्व हो । दृढताले असंभवलाई पनि संभव बनाईदिन्छ । हामीले दृढ संकल्पको बेल्ट बाध्यौं भने हाम्रो अवस्था हलचलयुक्त हुँदैन ।

असहज परिस्थितीलाई अवसर सम्झेर आफ्नो निश्चयको आधारस्तम्भ मजबूत बनाउन सक्नु दृढ निश्चयताको अर्को आधार हो । समस्या र असहजतालाई कारणमा खोज्ने होइन निवारणमा परिवर्तन गर्ने शक्तिले सफलता तर्फको मार्ग प्रशस्त गराउंदछ । शुभ भावनाले कारणलाई निवारणमा परिवर्तन गर्ने शक्ति दिन्छ । कारण र  निवारणको व्दिविधामा नपरेर हरेक नकारात्मकतालाई सकारात्मकतामा परिवर्तन गर्न अटल ईच्छाशक्ति र दृढ संकल्पको आवश्यकता पर्दछ । यस्ता विशेषतायुक्त व्यक्ति नै विश्व पविर्तनको संवाहक बन्न सक्दछन् ।


दृढ निश्चयता र सकारात्मक रुपमा गरिएको कार्यले परिणामलाई सधै सकारात्मक परिणति प्रदान गर्दछ


यश र ऐश्वर्य प्रतिको अनावश्यक आशक्तिले व्यक्ति नजानिदो रुपमा विकारयुक्त बन्दै जाने र अन्ततः विकारको अधीनस्थ हुन पुग्दछन् । वास्तवमा साधन हाम्रा कार्यहरुमा सहजता ल्याउने सहयोगी हुन्, साधन सेवाको लागि हो, बिलाशिताको लागि होइन । साधन, आराम अर्थात सुख प्राप्तिको एउटा सानो तत्व हो सुख प्राप्तिको सम्पूर्णता होइन । मन र आत्माको निश्चिन्तता नै आराम हो भन्ने यथार्थ निश्चयताको प्रवेश आफूभित्र गराउन सक्नु पर्दछ । यसर्थ हदका वस्तु वा वैभवप्रतिको अनाशक्तताबाट मुक्त भएर यस्ता वस्तु हाम्रा जीवनका दैनन्दिनीका लागी सहयोगीको रुपमा लिनु पर्दछ । हदका बस्तु, वैभव, सम्बन्धहरुको महत्व आ–आफ्नो ठाँउमा पक्कै छ तथापी यसै भौतिक परिवेश भित्रै रहेर आत्मिक वस्तु, वैभव, सम्बन्धहरुप्रतिको सम्मान यस्ता गुणहरुको आर्जन गर्ने प्रयासले दृढ निश्चयी बन्नमा सहयोग पु¥याउँदछ ।

निराश हुनु कुनै पनि सस्ंकार वा परिस्थितिको वशीभूत हुनु व्यक्ति वा वैभवहरु तर्फ आकर्षित हुनुु यी सबै कमजोरीहरुलाई समाप्त गरेर दृढ संकल्पको बलद्वारा सदाकालको लागि विजयी बन्ने प्रयास गर्नु पर्दछ । किनकी विजय हाम्रो अधिकारको पक्ष हो र सफलता निरन्तर परिश्रमको उपज हो । निरन्तर परिश्रमीहरु कठीन अवस्था र विभिन्न अवरोधहरुलाई सामना गर्न सक्ने अदम्य साहसले पूर्ण र दृढ संकल्पले युक्त र दृढ निश्चयी हुन्छन् ।

पवित्र चालचलनको अवलम्बनले व्यक्तिलाई सकारात्मक वनाउन सहयोग गर्दछ । पवित्रताको अवलम्बन भन्नाले नराम्रो दृष्टि, नराम्रो ख्याल समाप्त गर्नको लागि आफूलाई यी कर्मेन्द्रियका नकारात्मक पक्षहरुवाट देखि अलग बनाउनु हो । कांडाजन्य अवगुणहरुको त्याग कांडाहरुको परिवेशमा रहेर सुगुुन्धित फुल बन्नु नै परिस्थितिको बशमा नरही विषम परिस्थितिलाई आफ्नो अनुकुल बनाउनु हो । दृढ निश्चयी व्यक्तिहरुमा विषम परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाउने सामथ्र्य रहेको हुन्छ । यस असहज अवस्थामा पनि बोलाई सोचाई र गराई तीनै पक्षलाई समान बनाउने व्यक्तिहरु नै यथार्थ रुपमा दृढ निश्चयी हुन् ।  परिस्थिति, परिस्थिति अनुरुप आफ्नो सामाजिक र आर्थिक अवस्था तथा परिणामहरुलाई भाग्यको खेल वा दैवको चाहना भनेर पुुरुषार्थ छोड्ने वा पुुरुषार्थको हाम्रो  नियमित दायित्ववाट कदापी विमुख हुन मिल्दैन । आफ्नो क्षेत्र अनुसार कर्म अवश्य गर्नु पर्छ । परिणाम आशा गर्ने चीज होइन तर दृढ निश्चयता र सकारात्मक रुपमा गरिएको कर्मले परिणामलाई सधै सकारात्मक परिणति प्रदान गर्दछ ।

हरेक कर्मलाई सेवाको रुपमा लिने र कर्मलाई मनोरंजनको उमंगमा रमाउने गर्नाले साना तिना अवरोध मात्र होइन ठूलै असहजताहरुपनि प्रभावहीन बन्न पुग्दछन् केवल आवश्यकता निश्चयता सहितको निरन्तरताको रहेको हुन्छ ।
हामीमा इश्र्या, घृणा, काम, क्रोध, लोभ, मोह अहंकार, द्वेष जस्ता अस्वस्थ भावनाहरु विकसित हुन्छन् भने त्यस्तो अवस्थामा सदाचार, सदविवेक र सकारात्मक सोचको विकास हुन सक्दैन । तसर्थ वाह्य परिवेश माथिको जीतले मात्र निश्चयता दिन सक्दैन आफूभित्र विद्यमान गलत, कमजोर परिस्थिति र नकारात्मकता माथिको विजय पहिलो अपरिहार्यता हो ।


सकारात्मक भावनाले विश्वास अभिबृद्धि गराउँछ र विश्वासले निश्चय बढाइदिन्छ


हामी जति आफ्नो सकारात्मक विशेषतालाई प्रयोगमा ल्याउँदछौं त्यतिनै हाम्रो विचार व्यवहार, संकल्प, कर्म मजवूत हुँदै जान्छ र हाम्रो आफ्नो क्षमता र विश्वासको दृढता बढ्दै जान्छ । हाम्रो विचार हाम्रो अनुभूति, वृत्ति, व्यवहार, व्यक्तित्व, स्वस्थ्य, सम्बन्ध र भविष्यको आधार हो । हामी हाम्रा विचारका रचनाकर्ता हौं । आफ्नो बिचार प्रणाली र बिचार प्रणालीका श्रृंखलाका अवयवहरुप्रति अनबिज्ञ रहँदा र यो श्रृंखलाको सम्बन्धहरुमा नियन्त्रण राख्न नसक्दा विचारले सकारात्मकता प्राप्त नगर्न पनि सक्दछ । यसर्थ सकारात्मक भावना, विश्वास र कर्तव्यप्रतिको निश्चयले हामीलाई दृढ निश्चयी बनाउँछ । सकारात्मक भावनाले विश्वास अभिबृद्वि गराउँछ र विश्वासले निश्चय बढाइदिन्छ । जीवनका लक्ष्य प्राप्त गर्नकालागि हामीमा शुभचिन्तन र सकारात्मक चिन्तनको आवश्यकता हुन्छ । चिन्तनको सकारात्मकताले कार्य सम्पादन प्रभावकारी बन्दछ । श्रेष्ठ र सकारात्मक चिन्तनले नै हामीलाई निश्चिन्त, चिन्तामुक्त, असहज तथा कठीन परिस्थितिमा पनि सहजतापूर्वक आफ्नो कर्ममा यथारुपमा लागिरहन प्रेरित गर्दछ ।

सकारात्मक चिन्तन व्यक्तिमा अन्तरनिहीत उर्जाको रचनात्मक र निर्माणात्मक रुपमा प्रयोग गर्न सकिने भावनात्मक व्यवहार हो । यो मनको यस्तो उर्जा हो जसको प्रयोगले हामी हाम्रो बैचारिक प्रणालीलाई सदैव सकारात्मकता तर्फ बदल्न सक्दछौं । सकारात्मक चिन्तनको प्रयोगले विभिन्न परिस्थिती, अवस्था, सम्बन्ध, व्यवहारको कारणले उत्पन्न हुन सक्ने तनाव र असहज अवस्थाको सामना गर्न  र दृढ निश्चयी बन्न सामथ्र्य बनाउँदछ ।

हामी जति आफ्नो सकारात्मक विशेषतालाई प्रयोगमा ल्याउँदछौं त्यतिनै हाम्रो बिचार व्यवहार, संकल्प, कर्म मजबुत हुँदै जान्छ र सकारात्मक चिन्तनको प्रयोगले बिभिन्न परिस्थितीको कारणले उत्पन्न हुन सक्ने तनाव र असहज अवस्थाको सामना गर्न सामथ्र्य बनाउँदछ । बिद्यमान परिवेशलाई नकारात्मकताको भावनाबाट सकारात्मकतामा परिवर्तन गर्न सक्नु नै सकारात्मक बिचारतर्फ आफूलाई अग्रसर बनाउनु हो ।

मूल्य तथा मान्यता गुण र अपेक्षितस्तरको आवश्यकीय आदर्श सैद्धान्तिक आधार हो । यो स्वःप्रयोगमा आधारित नियम तथा नैतिकताको आधारशीला हो जसले जीवनको स्पष्ट र सहजयात्रामा सहयोग पु¥याउँदछ । मूल्य मान्यताको अवलम्बनको सैद्धान्तिक धरातलमा नैतिकता सहितको हरेक कदमले एउटा व्यक्तिलाई उन्नत, परिस्कृत र पूर्ण व्यक्तिमा दिगो रुपमा रुपान्तरण गर्नमा सहयोग पु¥याउँछ । नैतिकता भित्र सकारात्मक प्रकृतिका आवश्यकीय अपेक्षित व्यवहार र संस्कृति पर्दछन् । नैतिकताको अवलम्बन, मूल्य तथा मान्यताको अनुशरण दृढ निश्चयता प्रबध्र्दनका आधारहरु हुन् ।

बिचार मानसिक उर्जाको एउटा रुप हो, जसले शरीरद्धारा कर्ममा बदलिदिन सक्दछ । एक शक्तिशाली बिचारमा अधिक उर्जा हुन्छ यहि उर्जायूक्त बिचार नै सही कर्ममा रुपान्तरण हुन्छ । कमजोर विचारमा कम उर्जा हुन्छ । यदि विचार सकारात्मक छ तर कमजोर छ भने त्यसलाई सकारात्मक कर्ममा बदल्ने संभावना न्यून रहन्छ । सकारात्मक बिचारले दृढ निश्चयता प्रबर्धनमा सहयोग गरिरहेको हुन्छ ।

परिश्रम, धैर्यता, सहनशीलता समस्याहरुसँग भिड्न सक्ने क्षमता, चुनौतीहरु बीच पनि अवसर देख्न सक्न व्यावसायिक जीवनका अपरिहार्य विषयहरु हुन् । आध्यात्मिकताको विकासले व्यक्तिमा उपरोक्त गुणहरु गहिराईबाट प्रवेश भएका हुन्छन् । आध्यात्मिकताले श्रमलाई सहज रुपमा स्वीकार्ने र शुभभावनायूक्त बनाउनमा सहयोग पु¥याउँछ । जसले व्यक्तिलाई व्यवसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ । स्वयं प्रति बढी भन्दा बढी सकारात्मक दृष्टिकोणको उत्पत्ति गराउँदा हाम्रो मनोवृत्ति अरु व्यक्ति र अन्य परिस्थिति प्रति पनि सकारात्मक बन्न पुग्दछ ।

वास्तवमा दृढ निश्चयता, सकारात्मकता अमूर्त भावनात्मक पक्ष हुन् तर जव यिनीहरु कर्मक्षेत्रमा प्रयोगमा आउन थाल्दछन् यिनीहरु क्रमशः मूर्त रुपमा प्रकट हुन थाल्दछन् अर्थात यिनीहरुवाट निस्किएको परिणाम सकारात्मक र मूर्त हुन पुग्दछ । वर्तमान समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्तिको विकास आफैबाट गर्न सक्नु पर्दछ । मानिसले जीवनको सार्थकता, मूल्य र महत्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र समस्याहरुले जीवनको यात्रालाई कठीन बनाउछ तर समाधान आफैबाट खोजिनु पर्दछ । यात्रा जति कठीन नै किन नहोस असंभव पक्कै पनि हुदैन ।  यो प्रसंग दृढ निश्चयताको प्रबर्धनमा पनि सोही रुपमै लागू हुन पुग्दछ ।

 

यो पनि,

संघीयतामा प्रशासनिक संरचना

सबै प्रोत्साहन भत्ता कार्यसम्पादनको मापनयोग्य उत्पादकत्वमा आधारित हुनुपर्दछ

संघीयतामा कर्मचारी ब्यवस्थापन; चुनौतीसंगै अवसर पनि

अब्बल देखियो नेपालको हेल्लो सरकारः ट्विप्लोमेसीले राख्यो दोस्रो स्थानमा

एक थान कागजले नानी देखि लाग्या बानी सुध्रिन्छ भन्ने ग्यारेन्टी के ?

सार्वजनिक मामिला व्यवस्थापनमा चारित्रिक विकास आवश्यक

आत्म अनुशासन विकासको आन्तरिक पक्ष

Tags :
प्रतिक्रिया दिनुहोस